पाकिस्तानमा साम्प्रदायिक झडपमा १६ जनाको मृत्यु

हिमाल प्रेस २७ असोज २०८१ १५:२०
14
SHARES
पाकिस्तानमा साम्प्रदायिक झडपमा १६ जनाको मृत्यु

काठमाडौँ– पाकिस्तानको उत्तरपश्चिममा भएको  साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदाय लामो समयदेखि लडाइँमा संलग्न छन्। कुर्रममा दुई सम्प्रदायका  बीचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौँको ज्यान लिएको छ।

सुन्नीहरूको एउटा समुह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा  बताएका छन्।  अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने  प्रहरीको जवाफी कायर्वाहीमा  दुई जना आक्रमणकारीको मृत्यु भएको थियो।

जुलाई देखि सेप्टेम्बरसम्ममा भएका झडपहरूमा दर्जनौँ मानिसहरूको मृत्यु भएको छ भने आदिवासी परिषद्ले युद्धविराम बोलाएपछि मात्र अवस्था केहि शान्त भएको जनाइएको छ।

अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्। यद्यपि उक्त समुदायहरूले परम्परागत आदिवासी नियमहरु अवलम्वन गर्ने भएकाले दुर्गम क्षेत्रहरूमा पुनः  हिंसात्मक घटनाहरु हुन सक्ने जनाइएको छ।

सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ।

प्रकाशित: २७ असोज २०८१ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =