इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा ६१ जनाको मृत्यु

हिमाल प्रेस २५ असोज २०८१ १९:१९
16
SHARES
इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा ६१ जनाको मृत्यु फाइल तस्बिर।

काठमाडौँ- इजरायली आक्रमणमा परी पछिल्लो २४ घण्टामा गजामा ६१ जनाको मृत्यु भएको छ।

गजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजरायलले गरेको आक्रमणमा यो अवधिमा ६१ जनाको मृत्यु र २३१ जना घाइते भएको जनाएको हो।

गत वर्षको ७ अक्टुबरदेखि हालसम्म इजरायली आक्रमणमा परी ४२ हजार १२६ प्यालिस्टाइनीको मृत्यु भएको हमासले जनाएको छ। हमासले जनाएअनुसार यो अवधिमा ९८ हजार ११७ जना घाइते भएका छन्।

गत वर्ष ७ अक्टुबरका दिन हमासले आक्रमण गरेर १ हजार दुई सय इजरायली नागरिकको हत्या गरेको थियो भने २५१ जनालाई बन्धक बनाएको थियो।

इजरायलले यो संघर्ष लेबनानतिर स्थानन्तरित भएको बताएको छ। पछिल्लो समय इजरायली सेना लेबनानमा हिज्बुल्लाहसँग र गजामा हमाससँग युद्ध गरिहेको छ।

प्रकाशित: २५ असोज २०८१ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =