बंगलादेशको काली मन्दिरमा चोरी, मोदीले दिएको मुकुट पनि गायब

हिमाल प्रेस २५ असोज २०८१ १३:३० | Friday, October 11, 2024
बंगलादेशको काली मन्दिरमा चोरी, मोदीले दिएको मुकुट पनि गायब

काठमाडौँ- बंगलादेशको जोगेश्वरी काली मन्दिरमा चोरी भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरलाई उपहारस्वरूप दिएको मुकुट पनि चोरी भएको छ।

मोदीले सन् २०२१ मा मन्दिरलाई मुकुट उपहार दिएका थिए। मन्दिरमा भएको चोरीको घटनाप्रति बंगलादेशस्थित भारतीय दूतावासले आपत्ति जनाएको छ।

‘यो घटनाप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ। चोरीको यो घटनालाई अविलम्ब छानबिन गर्न बंगलादेश सरकारलाई हामी आग्रह गर्दछौँ,’ दूतावासले भनेको छ।

उपहारस्वरूप दिइएको मुकुट अविलम्ब बरामद गरी दोषीलाई कडा सजाय दिन दूतावासले बंगलादेश सरकारलाई आग्रह गरेको छ।

सन् २०२१ मा भारतीय प्रधानमन्त्री मोदीले बंगलादेश भ्रमणका क्रममा सत्खिरास्थित काली जोगेश्वरी काली मन्दिरलाई मुकुट उपहार दिएका थिए।

प्रकाशित: २५ असोज २०८१ १३:३० | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast