आजको राशिफल

हिमाल प्रेस २४ असोज २०८१ ६:०४
12
SHARES
आजको राशिफल

मेष : काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। मन खुसी रहनेछ।

वृष : नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारव्यवसायबाट लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

मिथुन : धेरैले बिश्वास गर्नेछन्। सोचेको आँटेको काममा सफलता मिल्नेछ। शत्रु पराजित हुनेछन् भने रमाइलो यात्राको योग रहेको छ।

कर्कट : समय साथीभाइसँग रमाइलोमा बित्नेछ। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ।

सिंह : प्रतिष्ठित काम गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ।

कन्या : प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। महत्त्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन्।

तुला : नसोचेको धनलाभ हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। स्वास्थ्यमा भने केही समस्या देखिन सक्छ।

वृश्चिक : आम्दानी प्रशस्तै बढ्नेछ। परिवारसँग मनमुटाव हुने देखिन्छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

धनु : सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रसन्न रहनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मकर : व्यापार व्यवसायबाट त्यति लाभ मिल्नेछैन। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

कुम्भ : सम्पत्तिका लागि घरझगडा हुने देखिन्छ। साथीभाईको सहयोगले आत्मबल बढ्नेछ। आमाको साथले नयाँ कामको थालनी हुनेछ।

मीन : आफ्नै प्रयासले काममा लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो समस्याले सताउन सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ।

प्रकाशित: २४ असोज २०८१ ६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =