काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

हिमाल प्रेस २२ असोज २०८१ २२:०४
28
SHARES
काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन काठमाडौँ उपत्यकाको मौसम सफा हुँदा हलचोक डाँडाबाट देखिएको स्वयम्भू लगायत आसपासको दृश्य। फाइल तस्बिर

काठमाडौँ- यस वर्षको मनसुन मंगलबार काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भूभागका साथै काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ।

महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ।

कोशी प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए। यता गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत मधेस प्रदेश र बागमती प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट असोज २० गते यस वर्षको मनसुन बहिर्गमन भएको थियो। यस वर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो। यस वर्षको मनसुनले ठूलो जनधनको क्षति गराएको छ। रासस

प्रकाशित: २२ असोज २०८१ २२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast