थप ५७ हिमाल आरोहणका लागि खुला [सूचीसहित]

हिमाल प्रेस २२ असोज २०८१ २०:३२
14
SHARES
थप ५७ हिमाल आरोहणका लागि खुला [सूचीसहित] रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-१ स्थित बायम्पाबाट देखिएको पुथा हिमाल। तस्बिर : रासस

काठमाडौँ- सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ। मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो।

पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गरेको थियो। सोहीअनुरुप पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हिमाल आरोहणका लागि स्वीकृति दिएको हो।
यसरी आरोहण खुला गरिएका हिमालमा पाँच हजार मिटरभन्दा माथि छ हजार पाँच सय मिटरसम्म कम उचाइका छन्। विभागले नेपाल पर्वतारोहण संघ (एनएमए) सँगको सहकार्यमा थप हिमाल खुलाइएको हो।

पर्यटन विभागका निर्देशक राकेश गुरुङले थप ५७ हिमाल आरोहणका लागि खुला गरिएपछि नेपालमा कुल चार सय ६१ हिमाल आरोहणका लागि खुला भएको बताए। थप हिमाल खुलेपछि पर्वतीय पर्यटनमा सकारात्मक सन्देश गएको गुरुङले बताए।

एनएमएका अध्यक्ष निमानुरु शेर्पाले हिमाल खुलाउने निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए। ‘हिमाल खोल्नु भनेको नयाँ गन्तव्य विकास हुनु हो’, उनले भने, ‘नेपालमा दुई हजारभन्दा बढी आरोहण योग्य हिमाल छन् तिनलाई क्रमशः आरोहणका लागि खुलाउँदै जानुपर्छ।’

आरोहण योग्य हिमाल क्रमशःखुला गर्दै जाने सरकारको नीतिबमोजिम नयाँ हिमाल आरोहण खुला गर्न लागिएको हो। सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ। रासस

प्रकाशित: २२ असोज २०८१ २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =