प्रधानसेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण

हिमाल प्रेस २२ असोज २०८१ २०:१५
668
SHARES
प्रधानसेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण

काठमाडौँ-  बडादसैँ २०८१ को अवसरमा नेपाली सेनाद्वारा २०८१ असोज २४ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहको प्रधानसेनापति महारथी अशोकराज सिग्देलले मंगलबार अन्तिम निरीक्षण गरेका छन्।

निरीक्षणपछि प्रधानसेनापतिले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र इन्जिनियर तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गरे। सोही अवसरमा उनले विशेष फौज बाहिनीअन्तर्गत यस वर्ष सञ्चालित युद्धकार्य तथा पेसागत प्रतियोगिताको नेभिगेसन र वेस्ट स्नाइपर दुवै विधामा प्रथम हुने महावीर सौर्यगण (रेन्जर) लाई पुरस्कार वितरण गरे।

त्यसैगरी महाशिवरात्री तथा नेपाली सेना दिवस समारोह २०८० को उपलक्ष्यमा नेपाली सेनाले लोपोन्मुख थाली नाच बृहत् रूपमा प्रदर्शन गरी विश्व कीर्तिमान कायम गरेबापत वल्ड बुक अफ रेकर्डसका तर्फबाट नेपाली सेनालाई ओरिजिनल सर्टिफिकेट हस्तान्तरण गरिएको थियो। प्रधानसेनापति सिग्देलले वल्ड बुक अफ रेकर्डसका नेपालस्थित निर्णायकलाई प्रशंसापत्र प्रदान गरेका थिए।

कार्यक्रममा प्रधानसेनापतिले विकट भौगोलिक अवस्था, जटिल मौसमी विविधता र चुनौतीपूर्ण वातावरणमा रही प्रकृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी पदक प्राप्त गर्ने सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गरे। यस वर्ष १ हजार ५ सय १३ जना सकलदर्जाले उक्त पदक प्राप्त गरेका छन्।

यसैगरी प्रधानसेनापतिले नेपाली सेनामा कार्यरत रही विशिष्ट योगदान पुर्‍याई मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका पदिकहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। ४२ जना पदिकहरु मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका छन्।

प्रकाशित: २२ असोज २०८१ २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =