आज यी नदीहरूको बहाव बढ्न सक्ने

हिमाल प्रेस १९ असोज २०८१ ८:३०
8
SHARES
आज यी नदीहरूको बहाव बढ्न सक्ने

काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बाढी पूर्वानुमान महाशाखा आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ।

आज झापा, ओखलढुंगा, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, कास्की, बाग्लुङ, रोल्पा, दाङ, बाँके र आसपासका जिल्ला भई बहने केही स साना नदीहरूको बहाव बढ्ने पूर्वानुमान छ।

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाको अनुरोध छ।

प्रकाशित: १९ असोज २०८१ ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =