लेबनाको ३५ गाउँ खाली गर्न इजरायलले दियो चेतावनी

हिमाल प्रेस १८ असोज २०८१ १६:३५
8
SHARES
लेबनाको ३५ गाउँ खाली गर्न इजरायलले दियो चेतावनी तस्बिर : एफपी

काठमाडौँ- जरायली सेनाले दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका सर्वसाधारणलाई तत्काल घर खाली गर्न भनेको छ।
लेबनानमा हिज्बुल्लाहलाई लक्षित गरेर निरन्तर आक्रमण गरिरहेको इजरायली सेनाले सर्वसाधारणहरूलाई यस्तो चेतावनी दिएको हो।

इजरायली सेनाका प्रवक्ता अविचाई अन्द्राईले दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका सर्वसाधारणलाई घर खाली गरेर अवाली नदीको उत्तरतर्फ जान भनेको बीबीसीले जनाएको छ।

हिज्बुल्लाहको युद्ध सामग्री र प्रतिष्ठान नजिक भएका मानिस आफूलाई जोखिममा पारिरहेको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

‘दक्षिणतर्फ हुने कुनै पनि गतिविधिले तपाईंको जान जोखिममा पर्न सक्छ,’ अन्द्राईले सामाजिक सञ्जालमा लेखेका छन्।
यसअघि लेबनानको सरकारी समाचार एजेन्सीले ईरानका विदेशमन्त्री बेरूत पुगेको बताएको थियो।

यसैबीच वेस्ट बैंकको सहर तुल्कर्ममा इजरायलको हवाई आक्रमणमा परी कम्तीमा १८ जनाको ज्यान गएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शरणार्थी शिविरस्थित एक कैफेलाई लक्षित गरेर आक्रमण भएको र त्यहाँ कैयौँ सर्वसाधारण रहेको प्यालेस्टाइन प्रशासनले बताएको छ।

प्रकाशित: १८ असोज २०८१ १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =