सुमन वर्षाको कथासङ्ग्रह ‘अभ्यन्तर’ विमोचित

हिमाल प्रेस १८ असोज २०८१ ९:०४
36
SHARES
सुमन वर्षाको कथासङ्ग्रह ‘अभ्यन्तर’ विमोचित

काठमाडौँ- साहित्यकार सुमन घिमिरे (सुमन वर्षा) को कथासङ्ग्रह ‘अभ्यन्तर’ विमोचन भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.अभि सुवेदी, प्रा.डा. ज्ञानु पाण्डे, नयनराज पाण्डेलगायतले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन्। प्रा.डा.सुवेदीले कृति लोकार्पण गर्दै सुमनको साहित्यिक योगदानको वर्णन गरे।

‘सुमनले कतिपय कथा फरक दृष्टिकोण र शैलीका साथ लेखेकी छन्। कथामा उनले आफ्नो लेखकीय स्वतन्त्रताको उच्च प्रयोग गरेकी छन्,’कार्यक्रमका प्रमुख अतिथि सुवेदीले भने।

त्यस्तै साहित्यकार प्रा.डा. ज्ञानु पाण्डेले आख्यानकार सुमनाको चर्चा गर्दै समाजकै विविध विषयवस्तुमाथि कथा लेखेर समाजको अध्ययन गर्न खोजेको बताइन्। सुमनद्वारा लिखित कथामा समाजको चित्रण राम्रोसँग उल्लेख गरेको बताइन्।

प्रा.डा.पाण्डेले भनिन्, ‘साहित्यकार समाजका मनोचिकित्सक हुन्। तिनले समाजका अन्तरङ्ग घाउलाई साहित्यमार्फत उजागर गरेर त्यसको उपचारको बाटो देखाइदिन्छ।’

त्यस्तै आख्यानकार नयनराज पाण्डेले कथासङ्ग्रहमाथि पाठकीय मन्तव्य राख्दै सुमनका कतिपय कथाहरू फरक शैलीको भएको बताए। सुमनलाई साहसी कथाकार भन्दै उनले हरेक कथामा फरक खालका विषयवस्तुको उठान गरेको बताए।

कथाकार सुमन वर्षाले आफ्नो कथा लेखनबारे बताइन्। कार्यक्रममा उपस्थित सबैबाट आगामी दिनमा पनि हार्दिकता अझै बढ्दै जाने विश्वास र अपेक्षा गर्दै भनिन्,‘यहाँहरूको प्रतिक्रिया नै मेरो आगामी लेखनका ऊर्जा हुन्।’

कथाकार सुमन वर्षा

उक्त अवसरमा विनोदचन्द्र वन्त, जगत् तिमिल्सिना, डा. सविना बस्नेत, शिखा बुक्सका पुष्पराज पौडेलले बोलेका थिए। सुमनको कथासङ्ग्रह ‘अभ्यन्तर’ शिखा बुक्सले बजारमा ल्याएको हो।

प्रकाशित: १८ असोज २०८१ ९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast