काठमाडौँमा दुई व्यक्ति मृत भेटिए

हिमाल प्रेस १६ असोज २०८१ १७:३८
34
SHARES
काठमाडौँमा दुई व्यक्ति मृत भेटिए

काठमाडौँ– काठमाडौँका छुट्टा छुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला पररेका छन्। गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानस्थित तारेभिर घलानटोल बस्ने ६८ वर्षीय सूर्य तामाङ मृत फेला परेका हुन्।

उनी सोही ठाउँस्थित खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका काठमाडौँ प्रहरीले जानकारी दिएको छ। यस्तै दक्षिणकाली नगरपालिका–८ मखुबेशीमा पनि एक जना मृत फेला परेका छन्।

बागमती खोलाको छेउमा हाल नाम, थर, वतन नखुलेका पुरूषको शव बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १६ असोज २०८१ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − nine =