कानुन व्यवसायीहरूको दाबी : बन्दुकधारी ट्रम्पको हत्या गर्न चाहन्थे

हिमाल प्रेस १४ असोज २०८१ २०:५२ | Monday, September 30, 2024
कानुन व्यवसायीहरूको दाबी : बन्दुकधारी ट्रम्पको हत्या गर्न चाहन्थे

काठमाडौँ- पक्राउ परेका शंकास्पद बन्दुकधारी अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न चाहेको खुलासा भएको छ।

अदालतमा पेश गरिएका कागजातहरूबाट गल्फ कोर्सनजिकबाट पक्राउ परेका बन्दुकधारीले ट्रम्पको हत्या गर्न खोजेको खुलासा भएको हो।

पक्राउ परेका व्यक्तिले लेखेको एउटा पत्र दस्तावेजस्वरूप अदालतमा पेश गरिएको छ। त्यो नोटबाट ती व्यक्तिले ‘ट्रम्पको हत्या गर्न खोजेको’ प्रस्ट भएको बताइएको छ।

सोमबार अदालतमा दस्तावेज प्रस्तुत गर्दै कानुन व्यवसायीले फ्लोरिडामा १५ सेप्टेम्बरका दिन भएको घटनाभन्दा केही महिनाअघि त्यो पत्र त्यहाँ फ्यालिएको बताएका छन्।

५८ वर्षीय बन्दुकधारी रेयान राउथलाई ‘फेडरल कोर्ट’ मा चाँडै उपस्थित गराइने र उनीविरूद्ध अन्य मामिलामा मुद्दा चल्नसक्ने बताइएको छ।

हाल उनीमाथि अवैध हतियारसँग सम्बन्धित दुई आरोप लगाइएको छ। उनी १५ सेप्टेम्बरदेखि हिरासतमा छन्।

प्रकाशित: १४ असोज २०८१ २०:५२ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast