मस्को (रासस/एएफपी)- युक्रेनमा आफ्नो आक्रामक अभियानलाई वित्तीय सहयोग प्रदान गर्न थप स्रोतहरूको उपयोग गरिरहेको रुसले आगामी वर्ष आफ्नो रक्षा खर्चमा करिब ३० प्रतिशतले वृद्धि गर्ने योजना बनाएको सोमबार प्रकाशित बजेट योजनाको मस्यौदाले देखाएको छ।
युक्रेनमा आक्रमण गर्न क्षेप्यास्त्र र ड्रोनहरू बनाइरहेको र अग्रपङ्क्तिमा लड्ने आफ्ना लाखौँ सैनिकलाई धेरै पारिश्रमिक प्रदान गरिरहेको मस्कोले पहिलेदेखि नै आफ्नो सैन्य खर्चलाई सोभियत संद्दको युगपछि नदेखिएको स्तरमा बढाइसकेको छ।
रुसको रक्षा बजेट सन् २०२५ मा एक सय ३५ खर्ब रुबल (एक खर्ब ४५ अर्ब डलर) को हुनेछ।
प्रकाशित: १४ असोज २०८१ २०:३९ | Monday, September 30, 2024
प्रतिक्रिया




