काठमाडौँ – चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।
आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु. एक, डिजेलमा रु. दुई, हवाई इन्धनमा आन्तरिकमा रु. छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु. ४५, मट्टीतेलमा रु. दुई घटाइएको।
एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु. ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ।
इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ। साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ।
प्रकाशित: १४ असोज २०८१ २०:११ | Monday, September 30, 2024
प्रतिक्रिया



Good news