प्राकृतिक विपद्का क्षतिलाई कम गर्न लुम्बिनी सरकारले मातहतका निकायलाई तयारी अवस्थामा राख्ने

हिमाल प्रेस १४ असोज २०८१ ११:३८
8
SHARES
प्राकृतिक विपद्का क्षतिलाई कम गर्न लुम्बिनी सरकारले मातहतका निकायलाई तयारी अवस्थामा राख्ने

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्का कारण हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

लुम्बिनी प्रदेशमा तीन दिनको अविरल वर्षाका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुःख व्यक्त गरेको छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले विपद् अघि, विपद्को समय र पछिको अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना कम गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले जानकारी दिए।

बैठकले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको छ। यसअघि प्रदेशका ११ जिल्लामा सडक पूर्वाधार कार्यालयबाट सेवा प्रवाह भइरहेको छ।

मन्त्री ढकालका अनुसार लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवको जिम्मेवारी तोक्ने समेत आजको बैठकले निर्णय गरेको छ।

जसअनुसार भिमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भुपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ईश्वरराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी तोक्ने निर्णय गरेको हो। साथै प्रदेश राजपत्र तथा कानुनको सम्पादन र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ।

प्रकाशित: १४ असोज २०८१ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =