त्रिभुवन राजपथअन्तर्गतको चित्लाङ-काठमाडौँ सडक सञ्चालन

हिमाल प्रेस १४ असोज २०८१ ९:२१
6
SHARES
त्रिभुवन राजपथअन्तर्गतको चित्लाङ-काठमाडौँ सडक सञ्चालन

काठमाडौँ- त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङ-चन्द्रागिरि-काठमाडौँ सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले पहिरो पन्छाएसँगै आइतबार साँझदेखि सडक एकतर्फी सञ्चालनमा आएको र सडक दुईतर्फी सञ्चालन गर्न केही समय लाग्ने जानकारी दिए।

यस सडकखण्डअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। पहिरो खसेर अवरुद्ध भएका अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए।

कान्तिलोकपथ सडकको बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नं वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भीमफेदी गाउँपालिका-८ स्थित बागमती खोलाको पुल कटान गरी सडक पूर्ण अवरुद्ध भएको छ। दक्षिणकाली छैमले सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसी कुलेखानी-फाखेल-फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध छ।

दक्षिणकाली छैमले सिस्नेरी सडककै इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कुलेखानी मार्खु भित्री सडकको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङमा पहिरोको कारण थानकोट-कुलेखानी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसी हेटौँडा-कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए। रासस

प्रकाशित: १४ असोज २०८१ ९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =