एयरलाइन्सहरूले यात्रुसँग तीन दिन अधिकतम भाडा नलिने

हिमाल प्रेस १३ असोज २०८१ १८:३०
16
SHARES
एयरलाइन्सहरूले यात्रुसँग तीन दिन अधिकतम भाडा नलिने फाइल तस्बिर।

काठमाडौँ- वायुसेवा सञ्चालकहरूले यात्रुहरूसँग सरकारले तोकेको अधिकतम भाडादरमा टिकट नबेच्ने भएका छन्।

आइतबार बसेको वायुसेवा सञ्चालक संघको बैठकले सोमबारदेखि बुधबारसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको हो।

बाढीपहिरोका कारण सडकमार्ग अवरूद्ध भएपछि विमान कम्पनीहरूले सस्तो दरका टिकट बिक्री छाडेको भन्दै आलोचना भएको थियो।

वायुसेवा सञ्चालक संघले यात्रुलाई फाइदा पुग्ने भएकाले परल मूल्यमा हवाई इन्धन उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

‘परल मूल्यमा हवाई इन्धन अविलम्ब उपलब्ध गराउन यो संघ जोडदार माग गर्दछ,’ संघका अध्यक्ष मनोज कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यसरी हवाई इन्धनको मूल्य घटाएको अवस्थामा हवाई यात्रामा लाग्दै आएको इन्धन अधिशुल्क स्वतः घट्ने र यसको प्रत्यक्ष फाइदा यात्रुले पाउने छन्।’

यसका साथै संघले नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई लगाउँदै आएको ल्यान्डिङ, पार्किङ, नेभिगेसन, यात्रुसेवा शुल्कलगायतका दस्तुरहरूमा छुट दिई यात्रुहरूको हवाई यात्रालाई सहज र सुलभ बनाउन संघले माग गरेको छ।

प्रकाशित: १३ असोज २०८१ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =