‘अत्यावश्यकबाहेक यात्रा तथा हिँडडुल नगर्नुहोला’

हिमाल प्रेस १२ असोज २०८१ ९:३१ | Saturday, September 28, 2024
‘अत्यावश्यकबाहेक यात्रा तथा हिँडडुल नगर्नुहोला’

काठमाडौँ- अविरल वर्षाका कारण जोखिम बढेको भन्दै अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ।

सशस्त्र प्रहरीले अत्यावश्यकबाहेक यात्रा तथा हिँडडुल नगर्न अनुरोध गरेको हो। सशस्त्रले उद्दारका लागि १११४ मा २४सै घण्टा फोन गर्न समेत आग्रह गरेको हो।

अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोमा परेर हालसम्म ९ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार हालसम्म पाँचथरमा दुई, धनकुटामा २, झापामा १, ललितपुरमा १ र काभ्रेमा ३ जनाको मृत्यु भएको छ।

यस्तै, हालसम्म ६ जना वेपत्ता भएको तथ्यांक छ। धनकुटा र ललितपुरमा २-२ काठमाडौँ र धादिङमा १-१ जना बेपत्ता भएको तथ्यांक छ।

प्रकाशित: १२ असोज २०८१ ९:३१ | Saturday, September 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast