शिक्षा ऐनमा शिक्षक सरुवा केन्द्र सरकारबाटै हुनुपर्ने व्यवस्था गर्नुपर्छ : सांसद चौधरी

हिमाल प्रेस ८ असोज २०८१ १५:४१ | Tuesday, September 24, 2024
शिक्षा ऐनमा शिक्षक सरुवा केन्द्र सरकारबाटै हुनुपर्ने व्यवस्था गर्नुपर्छ : सांसद चौधरी

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले शिक्षक सरुवा केन्द्र सरकारले नै गर्नुपर्ने बताएकी छन्।

विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा गत शुक्रबार भाग लिँदै चौधरीले स्थानीय तहमा शिक्षक सरुवा गर्दा धेरै राजनीति हुने भएकाले केन्द्र सरकारले नै शिक्षक सरुवा गर्नुपर्ने व्यवस्थामा ऐनमा समेटिनुपर्ने बताएकी हुन्।

उनले भनिन्,‘स्थानीय तहले शिक्षक सरुवा गर्दा राजनीति हुन्छ। मनलाग्दी भएको छ। ऐन संशोधन गर्नुपर्ला गरौँला। मेरो विचारमा शिक्षक सरुवा केन्द्रले नै गर्नुपर्छ। शिक्षा ऐनमा यो व्यवस्था होस्।’

प्रकाशित: ८ असोज २०८१ १५:४१ | Tuesday, September 24, 2024

प्रतिक्रिया

One thought on “शिक्षा ऐनमा शिक्षक सरुवा केन्द्र सरकारबाटै हुनुपर्ने व्यवस्था गर्नुपर्छ : सांसद चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast