सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अन्तरिम आदेश

हिमाल प्रेस ८ असोज २०८१ १४:०८ | Tuesday, September 24, 2024
सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अन्तरिम आदेश दुर्गा प्रसाईं । फाइल तस्बिर

काठमाडौँ– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। आज मंगलबार न्यायाधीश प्रकाशमान सिंहराउतको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट निदेवनमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

थुनामुक्तको मागसहित प्रसाईंका छोरा निराजनले रिट दायर गरेका थिए। रिटमा गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका रिएको थियो।

प्रसाईंलाई प्रहरीले आइतबार भक्तपुरिस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँको अनुमतिले तीनदिनको म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ। पक्राउ परेसँगै बिरामी भएका उनलाई वीर अस्पतालमा राखिएको छ। प्रहरीले उनलाई वीर अस्पतालबाटै बयान दिएको थियो।

प्रकाशित: ८ असोज २०८१ १४:०८ | Tuesday, September 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast