ट्रेन्डिङमा दसैँका दुई गीत

हिमाल प्रेस ७ असोज २०८१ १३:३१
16
SHARES
ट्रेन्डिङमा दसैँका दुई गीत

काठमाडौँ- दसैँलाई लक्ष्य गरेर युट्युबमा धमाधम गीत सार्वजनिक हुन थालेका छन्।  केही साताअघि सार्वजनिक दुई  दसैँ गीत यतिबेला युट्युबको ट्रेन्डिङमा परेका छन्- ‘आउँथ्यो दसैँ’ र ‘आयो है दसैँ आयो’।

हेमन्त शर्मा र मेलिना राईको स्वरमा रहेको गीत ‘आउँथ्यो दसैँ’ युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ तीनमा उक्लेको छ। गीत असोज २ मा सार्वजनिक गरिएको थियो।

गीतले सोमबार दिउँसोसम्म साढे ८ लाखभन्दा बढी भ्युज पाएको छ। करिब चार हजार दर्शकले दसैँको महसुस गराएको भन्दै कलाकारहरुको नृत्यको तारिफ गरेका छन्।

दसैँ आएको खुसी समेटिएको गीतको भिडियोमा हेमन्त शर्मा, रजनी गुरुङ, डोना थापामगर, लहना चिमोरिया र एलिसा राईको अभिनय छ। मोसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको गीत पवन सुसलिङको छायांकन र अमृत चापागाईंको सम्पादन छ।

हेमन्त शर्माकै शब्द र संगीत रहेको गीतमा राकेश सोनीको संगीत संयोजन छ। श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका गीत प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो। गीत हेमन्त शर्माको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

‘आयो है दसैँ आयो’

दोस्रो गीत ‘आयो है दसैँ आयो’ बोलको गीत ट्रेन्डिङ ४ मा छ। पाँच वर्षपछि नेपाल आउन पाउँदाको खुसी समेटिएको गीतले सोमबार दिउँसोसम्म  पाँच लाख ७२ हजार भ्युज पाएको छ।

पुरुषोत्तम पौडेल र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतमा शिव पौडेल र नेत्रप्रसाद काफ्लेको शब्द छ। गायक पौडेलले नै संगीत भरेको गीतमा रमेश सेञ्चुरीको संगीत संयोजन छ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको खडक बाजुरालीले मिक्सिङ र मास्टरिङ गरेका छन्। कपिल लामाको निर्देशन, करण चैसिरको छायांकन, शिव पौडेलको सम्पादनमा बनेको छ।

वर्षौँपछि परिवारका सदस्य दसैँमा घर आउँदाको हर्ष समेटिएको गीतको भिडियोमा विमल अधिकारी, जुना विश्वकर्मा र नेत्रप्रसाद काफ्लेले नृत्य छ। गीत गायक पुरुषोत्तम पौडेल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यसपालि असोज १७ गते घटस्थापना परेको छ भने विजयादशमी २६ गते परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =