काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ कीर्तिमान बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन एक हजार ७०० रुपैयाँले बढेर एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हासम्मकै उच्च मूल्य हो।
गत शुक्रबार सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि भदौ ३१ गतेको नयाँ रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो। सो दिन एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: ६ असोज २०८१ ११:०१ | Sunday, September 22, 2024
प्रतिक्रिया




