परराष्ट्रमन्त्री राणा न्युयोर्कमा

हिमाल प्रेस ६ असोज २०८१ ६:२० | Sunday, September 22, 2024
परराष्ट्रमन्त्री राणा न्युयोर्कमा

अमेरिका- संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार न्युयोर्क आइपुगेकी छन्।

स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क आएकी हुन् ।

मन्त्री राणालाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए।

क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी न्युयोर्क आएकी हुन्। मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने राष्ट्रसंघका विभिन्न फोरममा सहभागिता जनाउने कार्यक्रम छ।

उनले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ। रासस

प्रकाशित: ६ असोज २०८१ ६:२० | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast