घट्यो सुनको भाउ

हिमाल प्रेस ३ असोज २०८१ ११:१७
10
SHARES
घट्यो सुनको भाउ

काठमाडौँ- सुनको मूल्य आज थप आठसय रुपैयाँ घटेको छ। आज सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो पनि सुनको मूल्य घटेको थियो। गएको मंगलबार प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको सुनको मूल्य हिजो थप तीन सय रुपैयाँ सस्तिएर एक लाख ५६ हजार चार सयमा झरेको थियो।

सुन आज थप आठसय रुपैयाँ सस्तिएको हो। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ थियो। गएको भदौ अन्तिम दिन (भदौ ३१ गते) सुन १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो।

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो पनि भाउ घटेर एक हजार ८ सय ९० रुपैयाँमा झरेको चाँदीको मूल्य आज थप १० रुपैयाँ घटेर एक हजार ८ सय ८० रुपैयाँमा झरेको छ।

प्रकाशित: ३ असोज २०८१ ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =