संविधान दिवसका अवसरमा फेवातालको सरसफाइ

हिमाल प्रेस ३१ भदौ २०८१ १८:२७ | Monday, September 16, 2024
संविधान दिवसका अवसरमा फेवातालको सरसफाइ

गण्डकी- संविधान दिवसको अवसरमा आज (सोमबार) पोखराको फेवातालमा सरसफाइ गरिएको छ।

कास्कीस्थित जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र, नागरिक समाज, पोखरा महानगरपालिकाको संयुक्त संयोजनमा पोखराको फिर्के खोला मिसिएको फेवाताल किनारा एवं ड्यामसाइड क्षेत्रमा सरसफाइ गरिएको हो।

सरसफाइमा सबै सुरक्षा निकाय, नगर प्रहरी, सरकारी कर्मचारी र नागरिक समाजको उपस्थिति रहेको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान दिवसका अवसरमा प्रदेशस्तरमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताए। फेवाताल यहाँको मुख्य सम्पदा भएको बताउँदै उनले फेवातालले छिट्टै आफ्नो आकार पाउने विश्वास व्यक्त गरे।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संविधान दिवसका अवसरमा फेवातालको सरसफाइ आयोजना गरिएको बताउँदै यसको संरक्षण सबैको दायित्व भएको बताए।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रका तर्फबाट हरेक महिनाको एक दिन पोखराका सम्पदास्थल सरसफाइ गरिएको बताउँदै संविधान दिवसको अवसरमा सरसफाइ कार्यक्रम फेवातालमा केन्द्रित गरिएको जानकारी दिए।

नागरिक समाज कास्कीका संयोजक रामबहादुर पौडेलले पोखराको गौरव फेवातालको संरक्षणका लागि राज्यको ध्यान पुग्नु जरुरी भएको बताए। फिर्के खोलाबाट फेवातालमा फोहर नआउने गरी व्यवस्थापन गर्नु जरुरी रहेको उनको भनाइ छ। संविधान दिवस असोज ३ गते मनाउने गरिन्छ।

प्रकाशित: ३१ भदौ २०८१ १८:२७ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast