निमावि अध्यापन अनुमति पत्रका लागि असोज २९ गतेसम्म आवेदन दिन सकिने

हिमाल प्रेस ३१ भदौ २०८१ ११:५९ | Monday, September 16, 2024
निमावि अध्यापन अनुमति पत्रका लागि असोज २९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ-  शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ।

आयोगको बुधबार (भदौ २६ गते) को निर्णयानुसार प्रतियोगितात्मक परीक्षाका लागि न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ।

दोब्बर दस्तुर तिरेर कात्तिक ६ गते रातको १२ बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित: ३१ भदौ २०८१ ११:५९ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast