लुम्बिनी प्रदेश सरकारको योजना आयोगमा उपाध्यक्षमा अर्याल

हिमाल प्रेस ३१ भदौ २०८१ १०:५९ | Monday, September 16, 2024
लुम्बिनी प्रदेश सरकारको योजना आयोगमा उपाध्यक्षमा अर्याल

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै बैठकले सदस्यहरुमा रोल्पा परिवर्तन गाउँपालिका–६ निवासी डा सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका–१६ निवासी भुवन चौधरी र रुपन्देही स्थित बुटवल उपमहानगरपालिका–१८ निवासी शान्ता देवि ढकाल लाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।

यस्तै बैठकले दाङ जिल्ला शान्तिनगर गाउँपालिका–४ चिराघाट बाट परिवर्तनगरी सोही गाउँपालिकाको वडा नं‍ ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न संघीय सरकारमा सिफारिस गरेर पठाउने निर्णय गरेको छ।

गाउँपालिकाको १५ औं गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास गरेको थियो।

यस्तै गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिक्याक्चर, बुंगोओनो शहरिवच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लािग नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रकाशित: ३१ भदौ २०८१ १०:५९ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast