रविले सहकारीको ९५ करोड ठगेको प्रमाण मसँग छ : मुकुल ढकाल

हिमाल प्रेस ३० भदौ २०८१ १५:०० | Sunday, September 15, 2024
रविले सहकारीको ९५ करोड ठगेको प्रमाण मसँग छ : मुकुल ढकाल मुकुल ढकाल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेले सहकारी बचतकर्ताको ९५ करोड रुपैयाँ ठगेको प्रमाण आफूसँग भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले लामिछानेले सहकारीको २ करोड रुपैयाँ गोर्खा मिडिया नेट्वर्कमा लगेको आरोप पनि लगाएका छन्।

‘नेपालमा स्वेट शेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैल्याए, हामीले त्यसमा विश्वास गर्‍यौँ। कतिपय मिडियाकर्मी साथीहरूले पनि त्यहीअनुसार समाचार प्रशारण गरे’, उनले भनेका छन्, ‘तर नेपालमा ‘स्वेट शेयर’ वा यस्तै प्रकृतिमा लिइने अन्य शेयरका लागि कानुन छ।’

ढकालले रविले २ करोड मात्रै नभएर झण्डै ९५ करोड रकम सहकारीबाट ठगेको प्रमाण आफूसँग सुरक्षित रहेको पनि दाबी गरेका छन्।  ‘…करिब ९५ करोड सहकारीबाट ठगेको अन्य प्रमाण पनि छन् , आजलाई यति नै’ उनले भनेका छन्।

प्रकाशित: ३० भदौ २०८१ १५:०० | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast