नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : प्रचण्ड

हिमाल प्रेस २८ भदौ २०८१ १८:५६
14
SHARES
नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : प्रचण्ड

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन्।  नेपाल उद्योग परिसंघले काठमाडौँमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उनले यसलाई अझै बढाएर लैजानुपर्ने बताएका हुन्।

नेपालमा ठूलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रूपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको उल्लेख गर्दै उनले आफूहरूले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताए।

देशभित्र र बाहिरको लगानी ल्याउन सहयोग हुने गरी लगानी सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै उनले उक्त सम्मेलनमा देशभित्र र बाहिरबाट महत्त्वपूर्ण प्रतिनिधित्व रहेको बताए

आफू हाल सरकारमा नभए पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले लगानीमैत्री बनाउन र आर्थिक रुपान्तरणमा योगदान दिन लागिरहने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २८ भदौ २०८१ १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 19 =