आगामी दशकमा जलवायुजन्य क्षतिको असर अर्थतन्त्रको १०% सम्म पुग्न सक्छ

हिमाल प्रेस २८ भदौ २०८१ १६:१० | Friday, September 13, 2024
आगामी दशकमा जलवायुजन्य क्षतिको असर अर्थतन्त्रको १०% सम्म पुग्न सक्छ

काठमाडौँ – आगामी दशकमा जलवायु परिवर्तनबाट अर्थतन्त्रमा पुग्ने क्षतिको असर भयावह हुने विज्ञहरूले बताएका छन् । नेपाल उद्योग परिसंघको आयोजनामा जारी नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष विन्दूनाथ लोहनीले आगामी दशकमा जलवायु परिवर्तनको क्षति उच्च हुने भन्दै यसलाई सम्बोधन गर्न जलवायु उत्थानशील पूर्वाधारमा लगानी आवश्यक रहेको बताए ।

जलवायु जोखिम उच्च रहेका देशमा क्षति अर्थतन्त्रको १० प्रतिशतसम्म पुग्न सक्ने भन्दै उनले नेपाल जस्तो कमजोर पूर्वाधार र विकासमा फड्को मार्नै बाँकी रहेको देशले यसको सामना गर्न कठिन रहेको उनले बताए ।

पूर्वाधारमा ठूलो खाडल रहेका कारण नेपालले ७.५ प्रतिशतको आर्थिकृ वृद्दिदर हासिल गर्न ऊर्जामा १ अर्ब ६५ करोड डलर, यातायातमा २९ अर्ब ८६ करोड अमेरिकी डलर, पानी तथा सरसफाइमा २ अर्ब ६३ करोड तथा सहरी विकासमा २ अर्ब ७८ करोड डलर लगानी गर्नुपर्ने नेपाल उद्यद्यग परिसंघ र सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडीएस) को अध्ययनले देखाएको छ ।

उक्त अध्ययनले ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न पूर्वाधारका उल्लेखित चार क्षेत्रमा कुल २९ अर्ब ७२ करोड डलर लगानी आवश्यक रहेको र यदि जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने हो भने लागत ३१ अर्ब ६१ करोड रुपैयाँ पुग्ने उल्लेख छ । त्यस्तै १० प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न ४५ अर्ब २५ करोड अमेरिकी डलर चाहिने र जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने हो भने लागत ४८ अर्ब ३४ करोड डलर लाग्ने अनुमान गरेको छ ।

 

प्रकाशित: २८ भदौ २०८१ १६:१० | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast