हिरासतमा रहेका पाकिस्तानी सांसदहरूलाई सदनमा उपस्थित हुन अनुमति

हिमाल प्रेस २७ भदौ २०८१ २१:४१
8
SHARES
हिरासतमा रहेका पाकिस्तानी सांसदहरूलाई सदनमा उपस्थित हुन अनुमति

इस्लामाबाद (रासस/एएफपी)- जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा प्रदर्शन गरेपछि नयाँ विरोध कानूनअन्तर्गत हिरासतमा लिइएका धेरै पाकिस्तानी सांसदलाई बिहीबार संसद्मा उपस्थित हुन अनुमति दिइएको छ।

यसै साता १० सांसदलाई पक्राउ गरिएको थियो। तीमध्ये केहीलाई राजधानी इस्लामाबादमा नेसनल एसेम्बलीमा उनीहरूको कार्यालयबाट पक्राउ गरिएको थियो। उनीहरूलाई आठ दिनका लागि हिरासतमा पठाइएको थियो। तर सभामुखले हिरासतमा फर्कनुअघि उनीहरूलाई संसद् अधिवेशनमा उपस्थित हुन अनुमति दिइनुपर्ने आदेश दिएपछि बिहीबार धेरै सांसद संसद्मा उपस्थित भए।

पूर्वप्रधानमन्त्री खानको पाकिस्तान तेहरिक–ए–इन्साफ ९पीटीआई० पार्टीका हजारौँ समर्थक आइतबार राजधानी इस्लामाबादमा भेला भएको एक जुलुसलाई तितरबितर पार्न असफल भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्नुपरेको थियो।

अधिकारीहरूले जुलुसका लागि अनुमति दिएका थिए। तर जुलुसलाई निर्धारित समयमा समाप्त गर्न आदेश दिएका थिए। साथै उनीहरूले खानको पीटीआई पार्टीका समर्थकहरूले सम्झौताका शर्तहरूको उल्लंद्दन गरे कानूनी कारबाही गरिने चेतावनी दिएका थिए।

सरकारले सार्वजनिक जमघटलाई नियमन गर्ने नयाँ कानून पारित गरेपछि यो पहिलो प्रदर्शन थियो। नयाँ कानुनका बारेमा अधिकार समूहहरूले विरोधलाई दबाउन कानुन बनाइएको बताएका छन्।

पूर्वक्रिकेट खेलाडी खान गत वर्ष अगस्टमा धेरै आरोपमा जेल गएपछि पार्टीले व्यापक आलोचनाको सामना गर्नुपरेको छ। खानले ती आरोप राजनीतिबाट प्रेरित भएको र आफूलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताएका छन्।

प्रकाशित: २७ भदौ २०८१ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 15 =