‘तेल भिसा’ को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍याे’

हिमाल प्रेस २७ भदौ २०८१ १४:३२ | Thursday, September 12, 2024
‘तेल भिसा’ को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍याे’

काठमाडौँ- आगामी मंसिर ७ देखि प्रदर्शन हुने फिल्म ‘तेल भिसा’ को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍याे’ सार्वजनिक भएको छ। गीतमा भिडियाेमा अभिनेता विपिन कार्कीलाई बृद्ध अवस्थामा नृत्य गर्दै गरेको देख्न सकिन्छ। साथै भिडियाेमा अभिनेता ‍पुजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत पिन छन्।

शान्तिश्री परियार र साइराज खत्रीको स्वर रहेको गीतमा कृष्ण भारद्धाजले संगीत भरेका छन्।

निर्विकल्पम, कृष्ण भारद्धाज, शंकर अधिकारी घायल र नवीन बिकको शब्द रहेको गीतमा राजन इशानको संगीत संयोजन छ।

शंकर घिमिरेको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘तेल भिसा’मा अभिनेता विपिन कार्कीको बृद्ध र युवा गरी दोहोरो भूमिकामा छन्। फिल्ममा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय छ।

सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादनमा बनेको छ।

वेलडन क्रियसनको ब्यानर र ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ। फिल्मको कार्यकारी निर्मातामा प्रिन्स युवराज कार्की र श्रुती दाहाल छन्।

प्रकाशित: २७ भदौ २०८१ १४:३२ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast