सामाजिक सञ्जाल प्रयोगको कानुन बनाउँदै अस्ट्रेलिया

हिमाल प्रेस २६ भदौ २०८१ ११:४० | Wednesday, September 11, 2024
सामाजिक सञ्जाल प्रयोगको कानुन बनाउँदै अस्ट्रेलिया

क्यानबेरा- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताएका छन्।

आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उदेश्यले यस्तो कानुन बनाउन खोजिएको प्रधानमन्त्री अल्बानिजले बताए।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उनले भने,‘हामी बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने छौं। अधिकांश आमाबाबुले मलाई सामाजिक सञ्जाल प्रयोग गर्न आफ्ना बच्चाहरूको उमेर कति हुनुपर्छ भन्ने प्रश्न गर्दछन्। हामी संसदमा सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन पेस गर्नेछौँ।’

गत वर्ष अगस्ट २१ मा मिशिगन स्वास्थ्य विश्वविद्यालय आयोजित ‘सी।एस मोट चिल्ड्रेन हस्पिटल्स नेसनल पोल अन चिल्ड्रेन हेल्थ’ मा भाग लिएका आधाभन्दा बढी अभिभावकले आफ्नो बच्चाको मानसिक स्वास्थ्य शीर्ष स्वास्थ्य चिन्ताको विषय रहेको बताएका छन्। रासस/एएनआई

प्रकाशित: २६ भदौ २०८१ ११:४० | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast