द्वन्द्वको समयमा घाइते भएका अवकाश प्राप्त सैनिकलाई प्रधानसेनापतिले गरे सम्मान

हिमाल प्रेस २५ भदौ २०८१ १५:१७ | Tuesday, September 10, 2024
द्वन्द्वको समयमा घाइते भएका अवकाश प्राप्त सैनिकलाई प्रधानसेनापतिले गरे सम्मान

काठमाडौँ– नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले विगत द्वन्द्वको समयमा घाइते भएका अवकाश प्राप्त सैनिकलाई सम्मान गरेका छन्। मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच उनले द्वन्द्वको समयमा घाइते भूतपूर्व सैनिकलाई सम्मान गरेका हुन्।

कार्यक्रममा प्रधानसेनापति सिग्देलले एकजनालाई चारपांग्रे स्कुटर प्रदान गरे। ३४ जनालाई जनही एक लाख ४० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरे।

सोही कार्यक्रममा प्रधानसेनापतिले ०८० चैत २६ गते डोल्पाको ठूलीभेरी नगरपालिका–४ स्थित तिप्लामष्ट भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणका क्रममा मृत्यु भएका जमदार केशव जार्गामगर र सिपाहीद्वय हेमन्त रावत र आशिक बुढाका परिवारलाई जनही एक लाख ४० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरे।

गिनिज वर्ल्ड रेकर्डमा विभिन्न पाँच विधामा विश्व कीर्तिमान राख्न सफल नेपाली सेनाका प्युठ हरिचन्द्र गिरीलाई पनि प्रधानसेनापतिले एक लाख ५० हजार रुपैयाँ पुरस्कारले सम्मान गरे।

प्रधानसेनापति सिग्देलले विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा आइष्मा आचार्यलाई ५१ हजार रुपैयाँ र प्रशंसापत्रसहित सम्मान गरे। आचार्यले ०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउनुका साथै राष्ट्रियस्तरको खेलकुद (एथलेटिक्स विधा)मा विभिन्न समयमा दुई स्वर्ण, एक रजत र एक कांस्यपदक हासिल गरेकी थिइन्।

प्रकाशित: २५ भदौ २०८१ १५:१७ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast