आयोगले गर्‍याे शिक्षक बढुवामा संशाेधन

हिमाल प्रेस २५ भदौ २०८१ ११:०२ | Tuesday, September 10, 2024
आयोगले गर्‍याे शिक्षक बढुवामा संशाेधन

काठमाडाैँ- शिक्षक सेवा आयोगले निम्नमाध्यमिक र माध्यमिक तहकाे शिक्षक बढुवासम्बन्धी संख्या संशाेधनकाे सूचना जारी गरेकाे छ।

आयाेगले आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको तथा कार्यक्षमता मूल्यांकनको आधारमा गरिने (७५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापनमा पद संख्या संशोधनसम्बन्धी सूचना जारी गरेकाे हाे।

सामुदायिक विद्यालयमा सरकारबाट स्वीकृत दरबन्दीमा रिक्त रहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक (२५%) र कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा (७५%) द्वारा पूर्ती गर्नुपर्ने पदहरूको लागि आयोगबाट गत साउन ३२ गते विज्ञापन प्रकाशित भएकाे थियाे।

उक्त विज्ञापनमा जिल्लागत पद संख्या आइतबार संशाेधन गरिएकाे आयाेगले जनाएकाे छ।

यस्ताे छ सूचना

प्रकाशित: २५ भदौ २०८१ ११:०२ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast