त्रिविले आवश्यकताभन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने

हिमाल प्रेस २५ भदौ २०८१ १०:३०
124
SHARES
त्रिविले आवश्यकताभन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले आवश्यकताभन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने भएको छ।

तोकिएको समयभन्दा बढी परीक्षा लिएको र कम समयमा भर्ना नभई पछि भर्ना भएर एकैपटक एकभन्दा बढी सेमेस्टरको परीक्षा दिएका प्रमाणपत्रलाई समकक्षता नदिने भएको हो।

केन्द्रले ४ वर्ष ८ सेमेस्टरको पाठ्यक्रम कोर्ष ३ वर्ष पाँच महिना वा सोभन्दा कम अवधिमा उपाधि प्रदान गरेको,एकै वर्षमा ३ वा सोभन्दा बढी नियमित सेमेस्टर परीक्षा लिएको समेत भेटिएकाले त्यस्ता उपाधिको समकक्षता नदिने केन्द्रद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित: २५ भदौ २०८१ १०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =