बालुवाटारमा सत्ता गठबन्धनको बैठक

हिमाल प्रेस २४ भदौ २०८१ १७:१९
16
SHARES
बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौँ- सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका र समर्थन जनाएका पार्टीको बैठक बसेको हो। ३० असारमा ओली प्रधानमन्त्री बनेपछि पहिलोपटक सत्ता गठबन्धनको बैठक बसेको हो।

सोमबार बिहान मात्र सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको थियो। यसअघि आइतबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। सो छलफलमा सत्ता गठबन्धनको बैठक गर्ने सहमति भएअनुसार सोमबार गठबन्धनको बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन्।

प्रकाशित: २४ भदौ २०८१ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =