सिरहाबाट २१७ किलो गाँजासहित तीनजना पक्राउ

हिमाल प्रेस २२ भदौ २०८१ १३:३९
12
SHARES
सिरहाबाट २१७ किलो गाँजासहित तीनजना पक्राउ फाइल तस्बिर

काठमाडौँ- सिरहाबाट प्रहरीले गाँजासहित एकजना भारतीयसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुवनी बलरा थाना वाड नं. १२ बस्ने २० वर्षीय किसुन मुखिया, मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ बस्ने ६२ वर्षीय खडक बहादुर तामाङ र सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १० बस्ने ४० वर्षीय चानोदेवी मुखिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार दिउँसो २ बजेको समयमा कर्जन्हा नगरपालिका १० स्कुल टोलको एक घरमा लुकाएर राखेको गोप्य सूचनाको आधारमा प्रहरी चोकी कर्जन्हा सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको टोलीले २१७ केजी गाँजा बरामद गरेको हो।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार प्रहरीले स्थानीय ४५ वर्षीय बिहारी मुखियाको गोठ घरबाट प्लाष्टिकको १४ वटा पोकामा २१७ किलोग्राम गाँजा बरामद गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रकाशित: २२ भदौ २०८१ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =