ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल जुनियर’ एप

हिमाल प्रेस १७ भदौ २०८१ १८:३८
18
SHARES
ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल जुनियर’ एप

काठमाडौँ- ग्लोबल आइएमई बैंकले बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बैंकले ग्लोबल जुनियर एप सार्वजनिक गरेको हो।

बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धी अभ्यस्त गराउन ग्लोबल जुनियर एप ल्याइएको बैंकले जनाएको छ।

परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल गराउनु एपको उद्देश्य रहेको ग्लोबल आइएमई बैंकका बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले जानकारी दिए।

उनले बालबालिकालाई सानैदेखि बचत गर्न उत्प्रेरित गर्ने उद्देश्यले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको भन्दै यसमा बैंकले कुनै फाइदा नहेरेको धारणा राखे।

बालबालिकाहरूले समेत भविष्यमा सहज रुपमा बैंकिङ कारोबार गर्न सक्ने गरी एप बनाइएको बैंकले जनाएको छ।

प्रकाशित: १७ भदौ २०८१ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast