नक्कली नोट बनाउने आठ जना पक्राउ

हिमाल प्रेस १७ भदौ २०८१ १६:२७
12
SHARES
नक्कली नोट बनाउने आठ जना पक्राउ

काठमाडौँ- प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित सर्लाहीबाट आठ जनालाई पक्राउ गरेको छ।

सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनीबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

मधुवनी गाउँस्थित सिँचाइका लागि गाडिएको बोरिङको खाली घरको कोठाभित्र नक्कली नोट बनाउने काम भइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ चन्द्रागिरी–१५ बस्ने २६ वर्षीय सौगात थापा मागर, चन्द्रागिरी–६ का ४७ वर्षीय विजय लामा, सर्लाही गोडैता–१२ बस्ने ३२ वर्षीय जनार्धन सिंह, भारत सीतामढी थाना बैरगनिया ग्राम पञ्चायत पंटकीका ४९ वर्षीय राजीव ठाकुर, सोही ठाउँका ४० वर्षीय सुबोध कुमार, रौतहट चन्द्रपुर–६ का ३७ वर्षीय विशाल राई, ललितपुर– कुपन्डोलका ३३ वर्षीय सञ्जय राना मगर र भक्तपुर चाँगुनारायण–५ का ३७ वर्षीय अमिर खत्री रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट नक्कली नोट बनाउने कागज र केमिकलसहितका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट रू. १ हजारको नोट साइजको कालो रङ्गको पेपर १४ थान, पाँच लिटर केमिकल, तीन लिटर गुलाबी रङ्गको केमिकल, ९५ हजार ८५० रूपैयाँ नेपाली, मोबाइल १० थान नेपाली र भारतीय नम्बर प्लेट गरी मोटरसाइकल दुई थान बरामद भएको छ।

जिल्ला अदालत सर्लाहीबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ भदौ २०८१ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast