काठमाडौँ- प्रहरीले स्रोत नखुलेको गरगहनासहित एक जनालाई सिरहाबाट नियन्त्रणमा लिएको छ।
प्रहरीले लहान बजारस्थित दुर्गा मन्दिर नजिकबाट मोरङ उर्लाबारी नगरपालिका–५ बस्ने ३० वर्षीय दीपेन्द्र बिकलाई नियन्त्रणमा लिएको हो।
बिकको साथबाट स्रोत नखुलेको चाँदीका गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सपाकोटाले जानकारी दिए।
उनको साथबाट बरामद भएको ८ केजी चाँदीका गरगहनको मूल्य १० लाख ४० हजार रहेको सापकोटाले बताएका छन्।
बरामद भएका गरगहनको बिल देखाउन नसकेपछि बिकलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि गरगहनासहित राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: १७ भदौ २०८१ १५:५५
प्रतिक्रिया