इराकमा १५ आइएस लडाकुको मृत्यु

हिमाल प्रेस १५ भदौ २०८१ २०:०१
6
SHARES
इराकमा १५ आइएस लडाकुको मृत्यु

काठमाडाैँ- अमेरिका र इराकी सेनाको संयुक्त कारबाहीमा इराकको पश्चिमी मरुभूमि भागमा इस्लामिक स्टेट समूहका १५ लडाकु मारिएका छन् भने सात अमेरिकी सैनिक घाइते भएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जनाएको छ।

‘सेन्टकम’ का अनुसार इस्लामिक स्टेटका नेताहरूलाई लक्षित गरी स्थानीय समय अनुसार बिहीबार बिहान गरिएको उक्त आक्रमणमा १५ जना आइएस लडाकुको मृत्यु भएको थियो।

आइएस लडाकु ‘सयौँ हातहतियार, ग्रेनेड र विस्फोटक आत्मघाती बेल्ट’ सहित सुसज्जित थिए। सेनाले घटनास्थल र वरपरका क्षेत्रमा थप खोजी जारी राखेको छ।

आक्रमणका क्रममा पाँच अमेरिकी सैनिक र अन्य दुई घाइते भएको एक रक्षा अधिकारीले जानकारी दिएका छन्।

इराकी अधिकारीले उक्त क्षेत्रमा छापा मारेको जानकारी गराएको केही घण्टापछि सेन्टकमको वक्तव्य शनिबार बिहानै आएको हो।

इराकी गुप्तचर संस्थाले ‘दुई महिनाभन्दा बढीको मानव र प्राविधिक निगरानी’ ले जिहादीहरूले प्रयोग गर्ने ‘चार सुरक्षित घर’ पहिचान गर्न अनुमति दिएको बताएको छ।

मृत्यु हुनेमा वरिष्ठ नेतासमेत रहेको र फरेन्सिक परीक्षणको काम भइरहेको बताइएको छ।

‘इराकमा इस्लामिक स्टेट समूहका ‘गतिविधि धेरै हदसम्म नियन्त्रण भएको’ भए पनि यो समूह छिटपुट र प्रभावशाली आक्रमण गर्न सक्षम छ,’ संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: १५ भदौ २०८१ २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast