ईयूले युक्रेनी सैनिकलाई थप तालिम दिने

हिमाल प्रेस १४ भदौ २०८१ १७:५४
10
SHARES
ईयूले युक्रेनी सैनिकलाई थप तालिम दिने युक्रेनी सेना। तस्बिर साभार : वासिङ्टन पोस्ट

काठमाडौँ- युरोपेली संघ (ईयू) ले युक्रेनी सैनिकलाई थप तालिम दिन चाहेको जनाएको छ। थप तालिम दिन चाहे पनि यस विषयमा सदस्य राष्ट्रहरू विभाजित रहेको ईयूका विदेश नीति प्रमुखले बताएका छन्।

ईयूले यस वर्ष करिब ६० हजार युक्रेनी सैनिकलाई तालिम दिने लक्ष्य राखेको छ। ईयूका उच्च कूटनीतिज्ञ जोसेप बोरेलले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा भने,‘हामी युक्रेनी सैनिकको प्रशिक्षण अभियान कसरी बढाउने भन्ने विषयमा छलफल गर्नेछौँ।’

युक्रेनमा समन्वय केन्द्र बनाउनबारे सोचिरहे पनि यसबारे कुनै सम्झौता नभएको उनले बताएका छन्। उनले भने, ‘हामी युक्रेनमा समन्वय केन्द्र बनाउनेबारे सोचिरहेका छौँ, तर युक्रेनी भूमिमा युक्रेनी सैनिकहरूलाई युरोपेली प्रशिक्षकहरूसँग प्रशिक्षित गर्ने कुनै सम्झौता भएको छैन।’

यो मुद्दाले ईयूका २७ सदस्य राष्ट्रलाई विभाजित गरेको छ। इस्टोनिया, फ्रान्स र स्वीडेनलगायत धेरै देशहरूले युक्रेनी सेनालाई प्रशिक्षण दिने प्रस्तावको समर्थनमा देखिएका छन्। तर, हङ्गेरीलगायत अन्य देशहरूले यस्तो कदमले द्वन्द्व बढाउन सक्ने डर व्यक्त गरेका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा पश्चिमी सेना पठाउने सम्भावनालाई अस्वीकार नगरे पनि त्यस्तो कदम चाल्ने विषयमा कुनै सहमति नभएको बताएपछि अन्य मित्रराष्ट्रहरूले फ्रान्सको भूमिकाप्रति आशंका व्यक्त गरेका छन्।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बिहीबार गरेको अपिलपछि बोरेलले युरोपेली संघका राष्ट्रहरूलाई युक्रेनमा हतियार आपूर्तिको गति बढाउन आग्रह गरेका थिए।–रासस

प्रकाशित: १४ भदौ २०८१ १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast