प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ

हिमाल प्रेस १४ भदौ २०८१ १३:५४ | Friday, August 30, 2024
प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन्।

शुक्रबार काभ्रेको धुलिखेलमा विश्वविद्यालयको २९औँ दीक्षान्तअघि प्रधानमन्त्री ओलीले `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका हुन्। कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको हो।

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी आएर प्रदूषण कम गर्न सहयोग हुने बताए।

प्रकाशित: १४ भदौ २०८१ १३:५४ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast