नेपथ्य ब्यान्डलाई न्यूयोर्कमा पञ्चैबाजासहित स्वागत

हिमाल प्रेस १४ भदौ २०८१ ९:३८ | Friday, August 30, 2024
नेपथ्य ब्यान्डलाई न्यूयोर्कमा पञ्चैबाजासहित स्वागत

मक्ष गुरुङ/न्यूयोर्क- चर्चित लोकरक समूह नेपथ्यलाई न्यूयोर्क ‍(अमेरिका) मा भव्य स्वागत गरिएको छ। म्यानह्याटनस्थित टर्मिनल फाइभमा आज हुने नेपथ्य ऐतिहासिक साँझको लागि न्यूयोर्क आइपुगेको नेपथ्य समूहलाई आयोजक टोली तथा द गुरुङ (तमु) सोसाइटीका अध्यक्ष तथा संस्थापक अध्यक्षले स्वागत गरेका हुन्।

स्वागतका लागि आयोजक सदस्यहरू याक प्रोडक्सनका छोमो डसेल, डिजे रितका ठिले थकाली र इसेन्स स्माइल्सका डा.सुलोचना गुरुङ तथा सोसाइटीका अध्यक्ष ओमबहादुर गुरुङ, संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङ र पूर्वअध्यक्ष पदम गुरुङ न्यूयोर्क नौमती बाजा समूहका टोलीसहित स्वागत गर्न लागोर्डिया एयरपोर्ट पुगेका थिए।

गुरुङ भेषभूषामा स्वागतका लागि पुगेका सोसाइटीका अध्यक्ष ओमबहादुर गुरुङ, संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङ र पूर्वअध्यक्ष पदम गुरुङले नेपथ्यका गायक अमृत गुरुङसँग गुरुङ भाषामा नै संवाद गरेका थिए।

नेपथ्य समूह तथा गायक अमृत गुरुङको सम्मानका लागि आयोजक सदस्यहरू तथा अन्य व्यवसायी आ-आफनो मौलिक सांस्कृतिक भेषभूषामा सजिएर एयरपोर्ट पुगेको थिए।

‘नेपथ्य ऐतिहासिक साँझकाे परिवारका सबै सदस्यले मनोरञ्जन लिन सकून् भनेर १६ वर्ष मुनिकालाई फ्री इन्ट्रीको व्यवस्था गरेका छौँ,’ इसेन्स स्माइल्सकी डा.सुलोचना गुरुङले भनिन्,‘तपाईँहरूले आफूसँग १६ वर्ष मुनिका परिवारका सदस्य लिएर आउन सक्नुहुन्छ र परिवारसँगै मनोरञ्जन गर्न सक्नु हुनेछ।’

 

याक प्रोडक्शनकी छोमो डसेलले नेपथ्यजस्तो ‘लिजेन्डरी ब्याण्ड’ लाई टर्मिनल फाइभ जस्तो ठूलो ‘भेन्यू’ मा प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताइन्।

टिकटका लागि भने आयोजकले बनाएको ब्रोसरमा रहेको क्युआर कोड स्क्यान वा गुगल सर्च गर्नुपर्ने छ। साथै टर्मिनल फाइभको वेबसाइट वा गुगल सर्च गर्दा पनि टिकट खरिदको लिंक सजिलै भेटिन्छ।

म्युजिकल टूरमा अमेरिकामा रहेको नेपथ्य समूहले ४ वटा सहरमा आफ्नो प्रस्तुति दिइसकेको छ। टर्मिनल फाइभमा साँझ ठिक ९ बजेदेखि नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले बताएकाे छ।

कार्यक्रमस्थलमा नेपाली खानाको स्टलसमेत हुनेछ। आयाेजककाे भनाइमा नेपथ्यले लोकसंगीतलाई रक शैलीमा गाएर नेपाली संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो भूमिका खेलेको छ।

कार्यक्रमलाई सफल बनाउन नेपाली गीतसंगीतप्रेमी तथा शुभेच्छुलाई आयोजकले अनुरोध गरेको छ।

प्रकाशित: १४ भदौ २०८१ ९:३८ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast