सशस्त्रका चार डिआईजीहरूको सरूवा

हिमाल प्रेस १२ भदौ २०८१ २१:३१ | Wednesday, August 28, 2024
सशस्त्रका चार डिआईजीहरूको सरूवा

काठमाडौँ- गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका चार जना नायब महानिरीक्षक (डिआईजी) को सरूवा गरेको छ। गृहमन्त्रीको निर्णयअनुसार मन्त्रालयले चार जना डिआईजीहरूको सरूवा गरेको हो।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभागमा अभिकुमार खत्री र राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा दुर्गाप्रसाद भट्टराई सरूवा भएका छन्।

त्यस्तै सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रूपेन्देहीमा प्रदीपकुमार पाल र नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सुरेशकुमार श्रेष्ठको सरूवा भएको छ।

गृहमन्त्री रमेश लेखकले डिआइजीहरूको सरूवा गरेका हुन्।

प्रकाशित: १२ भदौ २०८१ २१:३१ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast