नेपाल प्रहरीका दुई एआईजीसहित ६ अधिकृत किन पुगे सर्वोच्च?

हिमाल प्रेस १२ भदौ २०८१ १५:५२ | Wednesday, August 28, 2024
नेपाल प्रहरीका दुई एआईजीसहित ६ अधिकृत किन पुगे सर्वोच्च? सर्वोच्च अदालत

काठमाडौँ- उमेरहदअनुसार अवकाश गर्ने नीति परिवर्तनको माग गर्दै नेपाल प्रहरीका ६ उच्च अधिकृतहरू सर्वोच्च पुगेका छन्। उमेरहदका कारण अवकाश नगर्न माग गर्दै प्रहरीका एआईजी श्याम ज्ञवाली र भीम प्रसाद ढकालसहित डीआईजीहरू केदार ढकाल, राजेशनाथ बास्तोला, यज्ञविनोद पोखरेल र इन्स्पेक्टर नागेन्द्र ठाकुरले रिट दायर गरेका हुन्।

प्रहरीका उच्च अधिकृतहरूले दायर गरेको रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। प्रहरी नियमावली २०७१ मा इन्स्पेक्टर ५२ वर्ष र डीआईजी र एआईजी ५६ वर्ष पुरा भएपछि स्वत: अवकाशमा जाने उल्लेख छ।

यही नियमावलीअनुसार एआईजी ज्ञवाली ५६ वर्षे उमेरहदका कारण यही भदौ २५ मा अवकाशमा जाँदै छन्। त्यस्तै डीआईजीहरू राजेश बास्तोला, केदार ढकाल र यज्ञ विनोद पोखरेल छिटै अवकाश जानेमा पर्छन्। प्रहरीका अर्का  एआईजी रामदत्त जोशी पनि असोज १६ मा उमेरहदका कारण अवकाश हुँदैछन्।

यसअघि एसएसपी जीवन कुमार श्रेष्ठसहितका प्रहरी अधिकारीहरूले ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए। न्यायाधीश हरि फुयाँलको इजलासले तत्काल ३० वर्षे कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। त्यसबारे असोज १० मा सुनुवाइ हुँदै छ।

सशस्त्रका उच्च अधिकृतहरूले पनि यसबारे रिट दायर गरेका छन्। सशस्त्रको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरिसकेको छ।

प्रकाशित: १२ भदौ २०८१ १५:५२ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast