प्रहरी निरीक्षक सिंह फ्रान्समा प्रशिक्षणका लागि छनोट

हिमाल प्रेस १० भदौ २०८१ १९:४३ | Monday, August 26, 2024
प्रहरी निरीक्षक सिंह फ्रान्समा प्रशिक्षणका लागि छनोट

काठमाडौँ- नेपाल प्रहरीका प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंह फ्रान्स नेसनल पुलिस कलेजमा एक वर्षे प्रशिक्षण कार्यक्रमका लागि छनोट भएका छन्।

काठमाडौंस्थित फ्रान्सेली राजदूतावासले सिंंह फ्रान्सस्थित नेसनल पुलिस कलेजमा प्रशिक्षण कार्यक्रमका लागि छनोट भएको जनाएको हो।

नेसनल पुलिस कलेजमा प्रशिक्षणका लागि नेपालबाट छनोटमा पर्ने सिंह दोस्रो प्रहरी निरीक्षक रहेको दूतावासले जनाएको छ। ‘प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंह फ्रान्सको नेसनल पुलिस कलेजमा एक वर्षे प्रशिक्षण कार्यक्रमका लागि छनोट भएको घोषणा गर्न पाउँदा गर्व लागेको छ। नेपाल र फ्रान्सबीच सुरक्षा तथा कानुन कार्यान्वयनको क्षेत्रमा समन्वयको निरन्तरतालाई यसले उजागर गरेको छ,’ दूतावासले निकालेको विज्ञप्तिमा भनिएको छ।

सिंहको मनोनयन फ्रान्सस्थित आयोगले गरेको विज्ञप्तिमा उल्लेख छ। सिंहले सेप्टेम्बर २०२४ देखि जुन २०२५ सम्म पाउने छात्रवृत्ति र आवतजावत खर्च फ्रान्स सरकारले बेहोर्ने छ। यसका साथै प्रशिक्षण अवधिभर उनले मासिक भत्ता पनि पाउने छन्।

प्रशिक्षण कार्यक्रमले अधिकारीहरूलाई वृहत् ज्ञानका साथै अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन, क्षमता अभिवृद्धि गर्न र कानुन कार्यान्वयनमा सहयोगमा मद्त पुर्‍याउने दूतावासको भनाइ छ।

प्रकाशित: १० भदौ २०८१ १९:४३ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast