काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन्। सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा बंगलादेशले साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४ -३ ले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।
निर्धारत ९० मिनेटमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। यसअघि नेपालले आइतबार नेपालले भुटानलाई पेनाल्टी सुटआउटमै हराएर फाइल प्रवेश गरेको थियो।
प्रकाशित: १० भदौ २०८१ १७:२२
प्रतिक्रिया