एमालेलाई मेयर बालेनको अनुरोध : अदालतको आदेशलाई महानगरको निर्देशन भनेर भ्रम नछर्नुहोला

हिमाल प्रेस १० भदौ २०८१ ११:१५ | Monday, August 26, 2024
एमालेलाई मेयर बालेनको अनुरोध : अदालतको आदेशलाई महानगरको निर्देशन भनेर भ्रम नछर्नुहोला काठमाडौँ महानगरका मेयर बालेन शाह। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनेर भ्रम नछर्न अनुरोध गरेका छन्। आज मात्रै नेकपा एमालेको एक टोलीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर अदालतको आदेशबारे ध्यानाकर्षण बुझाएको थियो।

मेयर बालेनले त्यही घटनालाई ‌इंकित गर्दै सामाजिक सञ्जालमार्फत भ्रम छरेको बताएका हुन्। एमालेले अदालतका कारण काठमाडौँका नदीमा दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने अदालती निर्णयको पुनरावलोकन गर्न ओलीसँग अनुरोध गरेको थियो।

यता बालेनले भने अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट नरोकेको बताएका छन्।

उनले सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने उल्लेख गरेका छन्। ‘सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन।’ बालेनले भनेका छन्,’कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो।’

प्रकाशित: १० भदौ २०८१ ११:१५ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast